नेपाल यूएईविरुद्ध फिल्डिङमा
काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको नेपालले आफ्नो चौथो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । माथिल्लो मुलपानी मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै पाहुना टिमलाई ब्याटिङको निम्तो दिए । शृङ्खलामा नेपाल लिग चरणको अन्तिम खेल अगावै फाइनल प्रवेश गरिसकेको छ ।
नेपालले यसअघि यूएईलाई सात विकेटले, दोस्रो खेलमा हङकङलाई ६ विकेटले र तेस्रो खेलमा नेपालले पुनः हङकङलाई ७९ रनले हराएको थियो । ट्वान्टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् । शृङ्खलाको लिग चरणका सबै खेल मुलपानी हुनेछ । तर, फाइनल खेल भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ ।