भारतीय मिडियाले कम्बोडियाको टेलिकममा लगानी गरेको आरोप लगाए ःओली


पोखरा । सोमबार पोखरामा एमालेको गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा तीन अर्ब लगानी गरेको भनेर भारतीय मिडियाले अनर्गल प्रचार गरेको बताएका छन् । उक्त मिडियाले गल्ती मानेर उक्त अनर्गल प्रचार हटाएको पनि उनले प्रष्ट पारेका छन् । लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्सा जारी भएपछि नै भारतीयहरुले आफ्नोबारेमा जथाभावी अनर्गल प्रचार गरेको उनले बताए । यथार्थ के हो भने, त्यो हाम्रो जमिन हो । हामीले हाम्रो नक्सामा सामेल गरेर छाप्यौँ । त्यसपछि भारतीय सञ्चारमाध्यमले तथानाम, जथाभावी बोल्न थाले । त्यसै सिलसिलामा उनीहरुले बोलेका अनेक अनर्गल कुराहरु, एउटा जी न्यूज भन्ने छ, त्यसले बोलेका अनेक अनर्गल कुराहरुमध्ये एउटा यो पनि थियो कि, कम्बोडियाको दूरसञ्चारमा केपी ओलीले तीन हजार करोड लगानी गरेको छ रे । त्यो पनि एउटा थियो ।

ओलीले एमालेलाई बद्नाम गर्नका लागि मात्रै अनेकौँ हल्लाहरु चलाउने गरिएको बताएका हुन् । कम्बोडियाको टेलिकममा लगानी गरेको भनेर हल्ला फैलाउनुको कारण पनि एमालेलाई बद्नाम गर्नको लागि मात्रै रहेको उनले बताए । अहिले आएर तीन वर्षभन्दा अघि एउटा मिडियाले प्रचार गरेर, गलत भयो भनेर सच्याइसकेर छाडिसकेको कुरो, अहिले नेपालमा हल्ला फिँजाएका छन् । हुँदाहुँदा अस्ति एकजनाले केपी ओलीले सिमरामा २७ बिघा जग्गा लिएर लुकाएको छ भन्ने पनि हल्ला चलाएछन् । गट्ठाघरमा ३७ रोपनीदेखि काठमाडौंका विभिन्न ठाउँमा विशाल भवन बनाएको हल्ला चलाए । हल्ला चलाउँदा चलाउँदा अलिक थाकेका थिए, अहिले फुर्ती आएछ कि फेरि तातेका छन् । त्यो भनेको नेकपा (एमाले)लाई कसरी बद्नाम गर्ने त्यतिका लागि हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *