भूकम्प प्रभावित तीन जिल्लामा टेलिफोन सेवा पाँच दिनका लागि निःशुल्क


काठमाडौं । नेपाल टेलिकमले भूकम्प प्रभावित तीन जिल्लामा टेलिफोन सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ । टेलिकमले पाँच दिनका लागि जाजरकोट, रुकुम(पश्चिम) र रुकुम(पूर्व)मा निःशुल्क भ्वाइस, एसएमएस र उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्कयता अनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा प्रदान गर्ने निर्णय गरेको हो ।

जसअनुसार यी तीन जिल्लामा रहेका टावरमार्फत प्रवाह हुने जुनसुकै ठाउँबाट जारी भएका टेलिफोनमा पनि निःशुल्क टेलिफोन र एमएमएस गर्न सकिनेछ । भूकम्प प्रभावित क्षेत्रमा टेलिकमले पाँच दिनसम्म निःशुल्क सिम पनि उपलब्ध गराउने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *