साल्ट ट्रेडिङले चिनी बिक्री गर्दै


काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बिक्रीको मापदण्ड बनाएर साल्ट ट्रेडिङले चिनी बिक्री गर्न लागेको छ । व्यावसायिक प्रयोजनका लागि पसलबाट खुद्रा बिक्री गर्न प्रतिव्यवसायीलाई २५० केजीसम्म उपलब्ध गराइने साल्ट ट्रेडिङले जनाएको छ । परिमाण उपलब्ध स्टकका आधारमा थप,घट हुन सक्ने बताइएको छ ।

यसका लागि व्यवसाय दर्ताको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि साल्ट ट्रेडिङमा बुझाउनु पर्नेछ । साल्ट ट्रेडिङले प्रतिकेजी चिनी ११२.५० रुपैयाँमा उपलब्ध गराउनेछ । साल्ट ट्रेडिङले कालिमाटीस्थित आफ्नै कार्यालयबाट चिनी बिक्री गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *