जाजरकोट भूकम्पपीडितलाई नबिल बैंकको सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडद्वारा जारकोट भूकम्पपीडित जनतालाई राहत सामग्री उपलब्ध गराएको छ ।

भुकम्प प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतका लागि बैंकले एक करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने निर्णय गरेको हो । जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाका अनुसार बैंकले खाद्यान्न, त्रिपाल, ब्लाङ्केट, औषधिलगायतका एक करोड बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *