सांसदलाई दिइएको ८ अर्ब २५ करोड भूकम्पपछिको पुनर्निर्माणमा खर्च गरिने


काठमाडौँ । सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा अन्तर्गत चालु वर्षका लागि छुट्टाएको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने भएको छ । भूकम्पपछि बझाङ सदरमुकाम चैनपुरमा भत्किएका घर । विगतमा दूरूपयोग भएको भन्दै बन्द गरिएको उक्त कार्यक्रम यस वर्षको बजेटमा फेरि ल्याएको थियो । सर्बत्र आलोचित कार्यक्रमका लागि छुट्टाइएको रकम अब भने भूकम्पछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च हुने छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले चालु आर्थिक वर्ष २०८०।८१ का लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको ८ अर्ब २५ करोड हाललाई भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको छ । त्यसमा १ अर्ब ७५ करोडसमेत थपेर १० अर्ब विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने गरि निर्णय भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *