घरेलु बक्स अफिसमा एनिमलको आक्रामक शुरुवात

काठमाडौँ । रणवीर कपुर अभिनित बलिवुड फिल्म एनिमलले घरेलु बक्स अफिसमा आक्रामक शुरुवात गरेको छ ।

शुक्रबार रिलिज भएको एनिमलले भारतीय बक्स अफिसमा पहिल्लो दिन ५४ करोड ७५ लाख कमाई गरेको हो । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार एनिमल रिलिजको पहिलो दिन सबैभन्दा बढी कमाई गर्ने तेस्रो फिल्म बनेको छ ।

रिलिजको पहिलो दिन शाहरुख खानको जवानले ६५.५० करोड र पठानले ५५ करोड कमाई गरेका थिए । त्यस्तै एनिमलले ५४.७५ करोड कमाएको छ भने केजीएफ २ ले ५३.९५ करोड कमाएको थियो । त्यसैगरी ऋतिक रोशनको वारले ५१.६० करोड कमाई गरेको थियो ।

एनिमल’ सन्दीप रेड्डी वांगाको निर्देशनमा बनेको हो । कबीर सिंह र अर्जुन रेड्डी फेम सन्दीप रेड्डी वांगा निर्देशित ‘एनिमल’ मा रणबीर कपूर बाहेक बबी देओल, रश्मिका मन्डन्ना, अनिल कपूर, तृप्ति डिमरी, शक्ति कपूर र सुरेश ओबेरोय लगायत धेरै कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

चलचित्रको संगीत पनि निकै रुचाइएको छ । यो फिल्म हिन्दीसहित तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा हलमा रिलिज भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *