एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाण्डौं । एकीकृत समाजवादीको सचिवालय पार्टी कार्यालय आलोकनगरमा बैठक बिहान ११ बजे बोलाइएको प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टीको महाधिवेशन सार्ने लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको उनले जानकारी दिए। ‘उल्लेखनीय कार्यसूची त केही छैन। महाधिवेशनको मिति सार्नेबारे छलफल भइरहेको छ। त्यसबारे आज छलफल हुन्छ। एकीकृत समाजवादीको भदौ ५, ६ र ७ गते ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले माघ माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो। काठमाडौंमा गर्ने भनिएको पहिलो महाधिवेशन राष्ट्रिय सभाको निर्वाचनको कारण धकेलिने सम्भावना देखिएको बताइएको छ।

सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ। फागुनमा राष्ट्रिय सभाका २० सांसदको पद रिक्त हुँदैछ। एक महिनाअगावै निर्वाचन गर्नुपर्ने व्यवस्थाअन्तर्गत् माघ ११ मा राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो। त्यसका लागि पुस २३ गते नै उम्मेदवारी दर्ता गर्नुपर्ने गरी निर्वाचन आयोगले तालिका निकालिसकेको छ। त्यसमा लाग्नुपर्ने भएकाले महाधिवेशन सार्नुपर्ने परिस्थिति आएको प्रवक्ता खतिवडाले जानकारी दिए। यसपटक एमालेले जितेका ८ सांसदहरूको स्थान रिक्त हुँदैछ। त्यसमा सत्ता साझेदार दलहरूले भागबन्डा गरेर उम्मेदवारी दिने तयारी गरेका छन्। आजको बैठकमा यसबारे पनि छलफल हुने छ। यसका अतिरिक्त पार्टीको आगामी कार्ययोजना र पछिल्लो समय व्यवस्था विरोधीहरू सलबलाउँदै गएकोलगायतका विषयमा पनि छलफल हुने प्रवक्ता खतिवडाले जानकारी दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *