थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, ३५ जना घाइते भएका छन् ।

दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ लागि जाँदै गरेको थियो ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *