इजरायली मन्त्रीका छोरा गाजा युद्धमा मारिए
तेल अभिभ । इजरायल–गाजा क्षेत्रमा जारी युद्धमा इजरायलका एक मन्त्रीका छोरा मारिएका छन् ।
पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा २५ वर्षीय मेजर गल आइसेनकोटको गाजा युद्धमा मारिएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मेजर आइसेनकोट सुरुङको शाफ्ट विस्फोटबाट गम्भीर घाइते भएका र उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइसेनकोट ‘सच्चा नायक’ भएको भन्दै उनको मृत्युले आफू र उनकी श्रीमतीको मन टुटेको बताएका छन् । ‘हाम्रा नायकहरू व्यर्थमा परेका छैनन् । हामी विजयी नभएसम्म लडाइँ जारी राख्नेछौं’, प्रधानमन्त्री नेतान्याहुले भने ।
६३ वर्षीय गाडी आइसेनकोट, सन् २०१५–१९ सम्म इजरायलको चीफ अफ द जनरल स्टाफको रूपमा सेवा गरेका लडाइँमा खटिएका सेवानिवृत्त जनरल हुन् ।
राष्ट्रिय एकता पार्टीका एक सांसद, उनी ७ अक्टोबरमा हमासले इजरायलमा हमला गरेपछि स्थापित नेतन्याहूको आपतकालीन सरकारको वर्तमान सदस्य बनेका थिए ।