एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ छ- गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ रहेको आरोप लगाएका छन् ।

शुक्रबार बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले एनसेलको सन्दर्भमा अहिले आएका कुरा रातारात नभएको भन्दै राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ तथा भरथेग नभइकन सो प्रकरण नभएको दाबी गरेका हुन् ।

उनले भने, ‘एनसेलको सन्दर्भमा जे कुराहरु भएको छ यो अहिले रातारात भएको होइन । यसमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ, ठूलो भरथेग र ठूलो भरोसा नभइकन यो प्रकरण भएको छैन ।’

उनले एनसेल प्रकरणको छानबिन गर्न सरकारले बनाएको समितिमाथि राज्य व्यवस्था समितिले नजिकबाट नियाल्नुपर्ने बताए । उनले भने, ‘सरकारले बनाएको समितिले चोख्याउने वा कारबाही के गर्छ भनेर यो समितिले नजिकबाट नियाल्नुपर्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *