सिटिजन्स बैंक र ईनलाइटन मोटर्सबीच सम्झौता


काठमाडौं । सिटिजन्स बैंक र रुपन्देहीस्थित ईनलाइटन मोटर्सबीच सम्झौता भएको छ । बिवाईडी ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्दा ग्राहकहरूलाई सहुलियत दरमा ऋण दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । बैंक र कम्पनीबिचको यो सम्झौतामा बिवाईडी ब्रान्डका इलेक्ट्रोनिक सवारीका सम्भावित खरिदकर्ताहरूलाई विशेष सहुलियत दरमा कर्जा रकम उपलब्ध गराउने समझदारी भएको छ ।

यस सम्झौता अनुरूप ग्राहकले केवल १ प्रतिशत प्रिमियम दरमा अधिकतम ८० प्रतिशतसम्म र अधिकतम ८ वर्षसम्मका लागि सवारी कर्जा ९अटो लोन० उपभोग गर्न पाउनेछन् । कर्जाको भुक्तानी समान मासिक किस्तामा हुनेछ । यो योजनामा सर्तहरू लागु हुनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *