नेपाली आलु, प्याजमा मूल्य अभिवृद्धि कर लगाइएको छैनःराजस्व विभाग
काठमाडौं । आन्तरिक राजस्व विभागले आलु र प्याजसहित नेपालमा उत्पादन हुने कृषिजन्य वस्तुहरूमा मूल्य अभिवृद्धि कर नलगाइएको स्पष्ट पारेको छ । आन्तरिक कृषिजन्य उत्पादनलाई प्रबर्धन तथा संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरूप नेपालमा उत्पादन भएका आलु, प्याज तथा स्याउमा मूल्य अभिवृद्धि कर नलगाइएको तथा नलाग्ने बेहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ, एक सूचनामार्फत विभागले भनेको छ ।
पछिल्लो समय आलु, प्याजसहित नेपालमा उत्पादन हुने कृषिजन्य वस्तुहरूमा मूल्य अभिवृद्धि कर लागेकाले बजारमा सहज आपूर्ति हुन नसकेको दाबीसहितका समाचार सार्वजनिक भइरहेका थिए ।
















