१४ किलो सुन प्रकरणमा विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ

काठमाडौं । १४ किलो सुन बरामत प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ सुपरभाइजर पक्राउ परेका छन् । मंसिर २१ गते विमानस्थलबाट बरामत गरिएको १४ किलो सुन प्रकरणमा उनको संलग्नता रहेको आशंकामा छानबिन गर्न विमानस्थल भन्सार कार्यालयको समितिले नियन्त्रणमा लिएको हो । दुबईबाट आएका गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेको साथबाट १४ किलो सुन बरामत गरिएको थियो । चन्द्र घलेको बयानका आधारमा सुन तस्करीमा संलग्न गोरखा घर भएका मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

घलेले सुन आगमन कक्षको डस्टबिनमा फालेर विमानस्थलबाट बाहिर ल्याउने गरी सुन कारोबारीहरूले योजना बनाएको खुलेको थियो । सोही अनुसन्धान गर्न सरसफाइ सुपरभाइजरलाई पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *