उपरथी सिग्देल रथीमा बढुवा

काठमाडौं । उपरथी अशोक सिग्देल रथीमा बढुवा भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई रथीमा बढुवा गरेको हो । सैनिक मुख्यालय जंगी अड्डाले वरिष्ठ उपरथी सिग्देललाई बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो । प्रधानसेनापतिको लाइनमा रहेका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएपछि वरिष्ठ उपरथी सिग्देलको रथी बढुवा प्रक्रियालाई सैनिक मुख्यालय जंगी अड्डाले अघि बढाएको थियो । सिग्देल सेनाको भावी प्रधानसेनापति बन्ने लाइरहेका रहेका छन् ।

यस्तै, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *