भोजपुर र खोटाङमा दुई बालिका बलात्कृत

काठमाडौं । सोमबार दुई बालिकामाथि बलात्कार भएको छ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङ ऐसेलुखर्क गाउँपालिका–१ बस्ने २७ वर्षीय भक्त बहादुर सुनुवारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुनुवारले ती किशोरीलाई मंसिर २७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट राखावाङदेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरको षडानन्द नगरपालिका–१३ मुखिया टोल बस्ने ३१ वर्षीय सागर श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती बालिकालाई मंसिर २८ गते साँझ सोही ठाउँस्थित कोदोबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनामा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *