शिवम् होल्डिङ्सले सेयरधनीलाई २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । शिवम् होल्डिङ्स लिमिटेडले सेयरधनीलाई २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२।८३ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २।५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले भदौ १४ गते काठमाडौंको अनामनगरस्थित रजिस्टर्ड कार्यालयको सभाहलमा बिहान ११,३० बजे पाँचौँ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाले आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ ।

यस्तै, चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । सभाले आर्थिक वर्ष २०८२।८३ मा भए गरेका काम–कारबाही तथा कारोबार र सञ्चालक समितिका निर्णयहरू अनुमोदन गर्नेछ । साथै, प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ करोड १६ लाख कित्ता सेयर नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर सर्वसाधारणमा निष्कासन गर्ने सम्बन्धमा यसअघि पेश गरिएको विवरणपत्रलगायत विषयमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । त्यस्तै, आगामी चार वर्षे कार्यकालका लागि तीन जना सञ्चालकको निर्वाचन तथा मनोनयन गरी सञ्चालक समिति गठन गर्ने प्रस्ताव रहेको छ । सञ्चालक समितिको निर्णयअनुसार कम्पनीको स्वतन्त्र सञ्चालक पदमा मनोनित स्वतन्त्र सञ्चालकलाई पनि साधारणसभाबाट अनुमोदन गरिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *