नेपालले थप ८ देशसँग श्रम सम्झौता गर्दै

काठमाडौं । सरकारले थप ८ देशहरूसँग श्रम सम्झौता गर्न लागेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ देशहरूसँग श्रम सम्झौता गर्न लागेको हो । सन् २०२४ भित्रै थप ८ देशसँग श्रम सम्झौता गर्ने तयारी भएको श्रम मन्त्रालयले जनाएको छ । कुबेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्याण्ड, युक्रेन, माल्टा, टर्कीसँग श्रम सम्झौता गर्न लागेको श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलले बताए ।

उनका अनुसार त्यसका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारेर सम्बन्धित देशलाई पठाएको छ । ती देशहरूबाट मस्यौदाबारे धारणा आएपछि सम्झौताको प्रकृया अघि बढ्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *