सर्वोच्च अदालतका नवनियुक्त ६ न्यायाधीशहरुले लिए शपथ

काठमाडौं । सर्वोच्च अदालतमा नवनियुक्त ६ न्यायाधीशले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

नवनियुक्त न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाल छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *