राष्ट्रिय सहकारी बैंकले माग्यो १०० जना कर्मचारी
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले विभिन्न १० पदका लागि १०० जना कर्मचारीको माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी व्यवस्थापक, अधिकृत र सहायक तहमा एकसय कर्मचारी माग गरेको जनाएको छ । बैंकले कनिष्ठ सहायक पदको लागि सबैभन्दा धेरै ६० कर्मचारी माग गरेको छ ।
त्यस्तै, व्यवस्थापन प्रशिक्षार्थी र शाखा प्रमुख १५,१५ जना र कर्जा अधिकृत २ जना कर्मचारीको लागि आवेदन खुलाएको छ । ईच्छुकले तथा योग्यता पुगेका नागरिकले पुस २५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदन बैंकको वेबसाइटबाट अनलाईन दरखास्त फारम भर्न सकिने बैंकले जनाएको छ ।