गठबन्धन थप बलियो बन्दै छ पाँच वर्ष नै टिक्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन थप बलियो बन्दै गइरहेको बताएका छन् ।

बुधबार गोरखाको बारपाक सुलिकोट गाउँपालिका स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन सरकारले राम्रो काम गरिरहेकाले अब गठबन्धन पाँच वर्ष नै टिक्ने दावी गरे ।
उनले भने,‘ सरकारले राम्रो काम गरेपनि अर्को पाटीबाट आलोचना हुने गर्दछ । यसलाई स्वभाविक लिएको छु ।’ पाँच वर्षको कार्यकालमा गठबन्धन एक बर्ष मात्रै भएकाले आगामी ४ वर्ष अझ बलियो भएर जाने प्रधानमन्त्ती प्रचण्डले बताए । पाँच वर्षको अवधिमा इतिहास परिवर्तन गर्न सक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । यस्तै उनले एक वर्षको कार्यकालमा नयाँ रेकर्ड बनेको समेत दावी गरे ।

प्रधानमन्त्री प्रचण्डले सामन्तहरु सरकारले गरेको काम देखेर प्रतिरोध गरिहरेका छन् । विगतको इतिहास फर्काउन खोजीरहेका प्रतिपक्षदलहरुका लागि गठबन्धन मजबुद्ध हुने प्रधानमन्त्ती प्रचण्डको भनाइ थियो । यस्तै उनले सम्बोधनकै क्रममाआयोजना निर्माणका लागि आर्थिक अभाव हुन नदिन भौतिक पूर्वाधारका निम्ति उठाइने रकमको पाँच प्रतिशत आयोजनामा हाल्ने निर्णय भएको उल्लेख गरे ।

‘ प्रचण्डले बूढीगण्डकीमा केही समय अगाडि क्याविनेटबाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बूढीगण्डकीमा हाल्ने निर्णय गरेको बताए । यस्तै छिटै बूढीगण्डकी परियोजनालाई शिलन्यास गर्न चाँडै पुग्ने प्रधानमन्त्रीले दावी गरे । लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलाई पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडेलमा सञ्चालन गर्न गृहकार्य भइरहेको समेत उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *