बालकुमारीमा आन्दोलन नियन्त्रण गर्न प्रहरी द्वारा अश्रुग्याँस प्रहार

काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर कोटेश्वर–सातदोबाटो सडकमा प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै विरोधमा उत्रिएका युवाहरूले शुक्रबार बालकुमारीमा गाडीमा आगजनी गरेका थिए ।

प्रदर्शनकारीहरूले गाडी रोकेर सुरुमा हावा फुस्काएपची आगो लगाएका थिए । आगजनीबाट ज्वाला चढ्ने बा २ झ  ५८६१ नम्बरको गाडी ध्वस्त भएको छ ।

२०२३ को कोरियाली भाषा परिक्षामा अनुतिर्ण भएकाहरुले २०२४ को परिक्षामा सहभागी हुन पाउनुपर्ने भन्दै संगठित भएर प्रदर्शनमा उत्रिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *