राष्ट्रियसभा निर्वाचन: एकीकृत समाजवादीले दुई सिट स्वीकार गरेर जाने निर्णय
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको निर्वाचनका लागि दुई सिटमै चित्त बुझाएको सत्ता गठबन्धनमा आफ्नो भागमा दुई सिट मात्र परेपछि एकीकृत समाजवादीले सचिवालय बैठक बसेर दुई सिट स्वीकार गरेर जाने निर्णय गरेको हो ।
गठबन्धनमा एकीकृत समाजवादीले कम्तिमा तीन सिटको दाबी गरेको थियो । आइतबार बिहान बालुवाटारमा भएको गठबन्धन बैठकमा एकीकृत समाजवादीले केवल दुई सिट मात्र पाएपछि एकीकृत समाजवादीका नेताहरु गठबन्धनको बैठक छोडेर पार्टीको बैठकमा लागेका थिए ।
एकीकृत समाजवादीले दुई उम्मेदवारको टुंगो लगाउने जिम्मा भने अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिएको छ ।















