पीएम कप : एपीएफको शानदार शुरुवात

काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफले शानदार शुरुवात गरेको छ ।

आइतबार आफ्नो पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई ८९ रनले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो । एपीएफले दिएको २४२ रनको लक्ष्य पछाएको बागमती प्रदेशले ४२.५ ओभरमा अल आउट हुदै १५२ रन मात्र बनाएको थियो ।

बागमतीको ब्याटिंग लाइनअप ध्वस्त गर्नेक्रममा एपीएफका कप्तान रोहित पौडेलले सर्बाधिक ४ विकेट लिएका थिए भने अविनाश बोहोरा र मौसम ढकालले २-२ विकेट लिएका थिए । त्यस्तै पुरन बिक र भुवन कार्कीले एक एक विकेट लिएका थिए ।

बागमतीका लागि कप्तान रित गौतमले सर्बाधिक ६० रन बनाए भने आशुतोष घिरइयाले ४१, रबिन जोशीले २० तथा बिबेक मगरले १५ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले सन्दीप जोराको शतकीय पारीको मद्धतले ५० ओभरमा ९ विकेट गुमाउदै २४१ रन बनाएको थियो । सन्दीपले ११७ बलमा ११२ रन बनाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *