दुर्गा प्रसाईमाथि बागलुङमा हातपातको प्रयास
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई माथि हातपातको प्रयास भएको छ । हातपात प्रयास गरेको भन्दै बागलुङ प्रहरीले बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई नियन्त्रणमा लिएको छ ।
‘नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाइ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईमाथि भाषणका लागि मञ्चमा उक्लन लागेका बेला हातपात प्रयास भएको हो ।
हातपातको प्रयास गर्ने गौतम अहिले जिल्ला प्रहरी कार्यालय बागलुङमा छन् । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।