पीएम कपको फाइनलमा आर्मी र पुलिस भिड्ने

काठमाडौँ । त्रिभुवन आर्मी कपले जारी पीएम कपमा गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्दै फाइनलमा पुगेको छ ।

विहिबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरेको हो ।  आर्मीले दिएको १३३ रनको लक्ष्य दिएको आर्मीले गण्डकी प्रदेश २३.४ ओभरमा ६४ रनमा अल आउट भएपछि आर्मीले खेल ६८ रनले जितेको हो ।  यसअघि पहिला ब्याटिंग गरेको आर्मीले ३९.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको थियो । 

यो जितपछि आर्मीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।  अब आर्मीले फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्ने छ । फाइनल खेल शनिबार टियु मैदानमा हुने छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *