कुमारी बैंकमा गुरुङ्ग, राणा, मुरारका व्यावसायिक साझेदार
काठमाडौं । कुमारी बैंकमा साविक कुमारी बैंक र साविक नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक मर्जरपश्चात् बैंकका सेयरधनीहरूको संख्या २२ जना पुगेका हुन् । साविक कुमारी बैंकबाट १५ सेयरधनी र साविक नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंकबाट ७ जना गरी २२ जना सेयरधनीहरूको सबैभन्दा ठूलो सेयर रहेको हो । बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व कर्मचारी संचय कोषको २.९६ प्रतिशत अर्थात् ७७ लाख ५३ हजार २ सय ३९ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, अमिर प्रताप जबराको २.०२ प्रतिशत अर्थात् ५२ लाख ९० हजार ५ सय ८१ कित्ता, नागरिक लगानी कोषको १.७१ प्रतिशत अर्थात् ४४ लाख ८९ हजार १ सय ७२ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरको १.३९ प्रतिशत अर्थात् ३६ लाख ५२ हजार ९स य ३१ कित्ता, जानकी कुमारी जबरा राणा शाहीको १.३० प्रतिशत अर्थात् ३४ लाख ६ हजार ९ सय २६ कित्ता, साबित्री गुरुङ्गको १.२४ प्रतिशत अर्थात् ३२ लाख ३९ हजार ६ सय ८५ कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको १.०८ प्रतिशत अर्थात् २८ लाख ३७ हजार ६ सय २१ कित्ता, सांग्रिला इन्भेष्टमेन्ट प्रालिको ०.९५ प्रतिशत अर्थात् २४ लाख ९३ हजार ८ सय ६६ कित्ता, बिमला देवी अग्रवालको ०.९५ प्रतिशत अर्थात् २४ लाख ८५ हजार ३ सय ३४ कित्ता, विरेन्द्र कुमार साहको ०.९१ प्रतिशत अर्थात् २३ लाख ८७ हजार २ सय ५८ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, एनबी ग्रुप नेपालको ०.७४ प्रतिशत अर्थात् १९ लाख ५० हजार ९ सय ४४ कित्ता, पशुपति मुरारकाको ०.६७ प्रतिशत अर्थात् १७ लाख ५७ हजार ३ सय १८ कित्ता, गौरी श्रेष्ठको ०.६२ प्रतिशत अर्थात् १६ लाख ३२ हजार ९ सय ९० कित्ता, जगन्नाथ ज्ञवालीको ०.६० प्रतिशत अर्थात् १५ लाख ७९ हजार ३ सय ९९ कित्ता, मिनबहादुर गुरुङ्गको ०.६० प्रतिशत अर्थात् १५ लाख ७१ हजार ३ सय ६२ कित्ता सेयर स्वामित्व छ । यस्तै, ओम प्रसाद श्रेष्ठको ०.६० प्रतिशत अर्थात् १५ लाख ६८ हजार ७३ कित्ता, नारायणप्रसाद श्रेष्ठको ०.५९ प्रतिशत अर्थात् १५ लाख ४४ हजार ३ सय ६० कित्ता, प्रदिप कुमार मुरारकाको ०.५७ प्रतिशत अर्थात् १४ लाख ९५ हजार ३ सय २६ कित्ता, राम प्रसाद श्रेष्ठको ०.५५ प्रतिशत अर्थात् १४ लाख ४२ हजार ८ सय ११ कित्ता, अनुपमा राठीको ०.५५ प्रतिशत अर्थात् १४ लाख ३२ हजार ३ सय ३५ कित्ता, राजन प्रसाद अमात्यको ०.५३ प्रतिशत अर्थात् १३ लाख ९४ हजार ८० कित्ता र नबिन अग्रवालको ०.५२ प्रतिशत अर्थात् १३ लाख ७१ हजार ७०६ कित्ता सेयर स्वामित्व रहेको छ ।