जसपा यादवको नेतृत्वमा सरकारमा जाने ,यादव स्वास्थ्यमन्त्री बन्दै
काठमाडौँ । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । जसपाका प्रमुख सचेतक प्रदीप यादवका अनुसार उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बन्ने भएछन् । त्यस्तै सुशीला श्रेष्ठलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको छ ।
त्यस्तै जसपाले पाउने अर्को एक मन्त्री र एक राज्य मन्त्री टुंग्याउने जिम्मेवारी अध्यक्ष यादवलाई दिइएको छ ।