जसपाले प्रचण्ड नेतृत्व सरकारलाई विश्वासको मत दिने
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।
आज मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिदै छन् । प्रचण्ड नेतृत्वको सरकारमा जसपाबाट अध्यक्ष उपेन्द्र यादवसहित दुई मन्त्री र एक राज्यमन्त्री सहित सरकारमा सहभागी भएको छ ।
प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेका छन् ।