मध्यपुर थिमि नगरपालिकाद्वारा सहकारी अनुगमन

मध्यपुर थिमि। मध्यपुर थिमि नगरपालिकाले सहकारी नियमावली जारी गरिसकेपछि पहिलो पटक वडा नं. ३ गठ्ठाघरस्थित कृषि बिकास बचत तथा ऋण सहकारी संस्था लि.को स्थलगत अनुगमन गरेको छ । नगर उपप्रमुख तथा स्थलगत अनुगमन तथा समन्वय समितिका संयोजक बिजयकृष्ण श्रेष्ठको नेतृत्वमा गएको टोलीले उक्त सहकारीको स्थलगत अनुगमन गर्दा सहकारीको मुख्य ढोकामा ताला लगाईराखेको र कोही पनि कर्मचारी एवं पदाधिकारीहरू उपस्थिति नभएको पाईएको थियो । नगर उपप्रमुख श्रेष्ठले सोही स्थानबाट केही पदाधकारीहरूलाई फोन सम्पर्क गर्दा पदाधिकारीहरू एक आपसमा पन्छिन खोजेको थियो । उपप्रमुख तथा संयोजक श्रेष्ठले उक्त सहकारी लामो समयदेखि सहकारी बन्द गरि सहकारीले सदस्यहरूलाई पैसा फिर्ता दिन नसकेको ब्यापक जनगुनासो आए पछि स्थलगत अनुगमन गरेको बताउनुभयो । उहाँले उक्त संस्थाको यस अघि नै विभिन्न स्थानमा रहेको सम्पति समेत नगरपालिकाले रोक्का गरिसकेको भन्दै अब केही दिनपछि नगरभित्रका अन्य सहकारीहरूको पनि अनुगमन गर्ने तयारी भईरहेको बताउनुभयो ।

नगरपालिकाका अन्तर्गत सहकारी शाखाका शाखा अधिकृत सुरेशकुमार राईले उक्त सहकारी संस्थाले करिव ९ सय बचतकर्ताको २७ करोडभन्दा बढि रकम अपचलन गरि विगत ९ महिनादेखि सञ्चालकहरू सम्पर्कबिहिन भएको बताउनुभयो । अनुगमन टोलीमा स्थलगत अनुगमन तथा समन्वय समितिका सदस्यहरू प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, वडा नं.३ का वडाध्यक्ष कृष्णहरि आचार्य, नगरसभा सदस्यहरू शेखर थापा मगर, मदनकृष्ण ख्या श्रेष्ठ, अरूणा कारंजित, सहकारीकर्मी केदार खड्का, सुबरत्न मानन्धर, समितिका सदस्य सचिव अभयन्द्र रंजित, मध्यपुर पोष्टका सञ्चारकर्मी रामकृष्ण शंखदेव, शाखा प्रमुख राई, प्रहरी बृत्त थिमिका उपेन्द्रकुमार यादव र भवानी पराजुलीलगायतका ब्यक्तिहरू रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *