हिमालयन डिष्टिलरीद्वारा सेयरधनीलाई पुरानो लाभांश लिन आग्रह
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७२।७३ देखि २०७४।७५ को साधारण सभाबाट पारित भएको नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।
सूचना प्रकाशित भएको ३० दिनभित्र सेयरधनीहरूले कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्मेन्ट बैंकिङ लिमिटेडमा सम्पर्क गरि आफूले बुझिलिन बाँकी रहेको नगद लाभांश बुझिलिनु पर्ने कम्पनीले जनाएको छ । अन्यथा उक्त अवधिको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।