कांग्रेस संसदीय दलको बैठक स्थगित, अर्काे बैठक जेठ १ गते बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बोलाइएको बैठक स्थगित गरिएको हो । अब उक्त बैठक जेठ १ गते विहान ९ः०० बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकले संसदमा पेस गर्ने तयारी गरिएको सरकारको नीति तथा कार्यक्रममा अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गर्ने कार्यक्रम तय भएको छ । कांग्रेसले आइतबार बिहान प्रधानमन्त्रीसँग भएको छलफल सकारात्मक रहेको बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *