संसदीय समितिको माग गदै नेविसंघको प्रश्न- रवि दाइ खै जिवी राई ?

काठमाडौं । सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि सरकारले संसदीय समिति गठन नगरेपछि नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले प्रदर्शन गरेको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । संसदीय छानबिन समितीको माग गर्दै संसद् अवरुद्ध गरेको कांग्रेसले अब आफ्ना भातृ संस्थालाई सडकमा उतारेको हो । मंगलबार महिला संघका कार्यकर्ताले प्रदर्शन गरेका थिए भने बुधबार बिहान कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका छन्।

प्रदर्शनमा ‘गुड मर्निङ केपी बा, चिया खानु भो ?, रवि दाइ, खै जिवी राई ? ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्नु है’ लेखिएका प्ले कार्ड प्रदर्शन गदै नाराबाजी गरेका थिए । सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र दुरुपयोग भएको र त्यसमा गृहमन्त्री समेत जोडिदा पनि सरकार गम्भीर नभएको नेविसंघले आरोप लगाएको छ ।

नेपाली काँग्रेसले विगतदेखि नै संसदीय समिति बनाएर सहकारी प्रकरणमा मुछिएका लामिछानेमाथि छानबिन गर्नुपर्ने भन्दै सरकारलाई ध्यानाकर्षण गरिरहेको छ । तर सरकारले रबिलाई उक्त काण्डबाट जोगाउने खेलमा लागेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *