राष्ट्रपतिको मृत्युपछि इरानमा अब के होला ?

इरानी राष्ट्रपति इब्राहिम रईसीको एक हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । अजरबैजानबाट फर्किरहँदा हेलिकप्टर दुर्घटना भएको थियो । रईसीलाई इरानका ८५ वर्षीय सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको उत्तराधिकारी मानिएको थियो । उनको अचानक मृत्युले मध्यपूर्वको सबैभन्दा शक्तिशाली पदमध्येको एकको भविष्यलाई पनि असर गर्नेछ । यतिबेला धेरैको मनमा रईसीको ठाउँमा अब को राष्ट्रपति बन्लान् भन्ने कौतुहलता छाएको छ । इरानको संविधानको धारा १३१ अनुसार कार्यकालकै बेलामा राष्ट्रपतिको मृत्यु भयो वा पद छाड्ने अवस्थामा उत्पन्न भयो भने निर्वाचन नहुँदासम्म उपराष्ट्रपति अस्थायी राष्ट्रपति बन्ने व्यवस्था छ । रइसीको निधनपछि अब उपराष्ट्रपति मोहम्मद मोख्बर राष्ट्रपति बन्न सक्नेछन् ।

राष्ट्रपतिमा उनको नियुक्तिलाई खामेनीले मन्जुरी दिनुपर्नेछ । मोख्बर बढीमा ५० दिन मात्रै राष्ट्रपति रहनेछन् । इरानी संविधानअनुसार ५० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन गर्नुपर्नेछ । रइसीको दुर्घटनामा मृत्यु भएकाले अबको ५० दिनमा इरानमा चुनाव हुन्छ कि हुँदैन भन्न गाह्रो छ । पछिल्लो निर्वाचनमा इब्राहिम रईसीले खासै चुनौती सामना गर्नुपरेन । सो निर्वाचनमा ३० प्रतिशत मतदाताले मात्रै मताधिकार प्रयोग गरेका थिए । इरानका अधिकांश मतदाताले पछिल्लो चुनाव बहिष्कार गरेका थिए । मोखबर पनि अमेनीको निकटतम हुन् । प्रशासनमा उनको राम्रो पकड छ । उनी हाल एक्सपेडिएन्सी डिस्कर्नमेन्ट काउन्सिलका सदस्य पनि हुन् । यसअघि उनी सिना बैंकको बोर्ड अध्यक्ष र खुजेस्तान प्रान्तका डेपुटी गभर्नर भइसकेका छन् । एजेन्सी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *