आरजुको चुनौती- मेराबारेमा छानबिन गरेर देखाउ !

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् ।

आजको प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै देउवाले टिकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिएकी हुन् । उनले जे जे छ सबै फाइल खोलेर देखाउनु भन्दै चुनौति दिएकि हुन । मैले टिकापुरमा ५० हजारमा किनेको हो । सबैले हेर्न सक्नुहुन्छ । सबै कागजात हेर्न सक्नुहुन्छ ।’ उनले भनिन् ।

उनले कांग्रेसले जनताको कुरा उठाएको भन्दै सहकारी ठगी प्रकरण छानबिनबाट सरकार भागिरहेको बताइन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *