सभामुखले प्रतिपक्षलाई बोल्नबाट रोके: प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सभामुख देवराज घिमिरे सत्ताको इशारामा चलेको बताएका छन् ।

आज (शुक्रबार) प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै नेता पौडेलले सभामुखले प्रतिपक्षलाई बोल्नबाट रोकेको बताएका हुन् । उनले सभामुखले संसद्लाई एकलौटी ढंगले चलाउने र जबरजस्ती गर्ने नीति तय गरेको उनको भनाइ छ । उनले सभामुखले संसद्लाई सत्तापक्षको इशारामा जबरजस्ती नियन्त्रण गर्न खोजेको बताए । नेता पौडेलले संसद् प्रतिपक्षको हुन्छ भन्ने नजिरलाई नेपालको संसद्ले तोडेको समेत बताए ।

‘प्रतिपक्षले बोल्न पाउनुपर्यो भन्दा सभामुखले बोल्न दिनुभएन । संसद् प्रतिपक्षको हुन्छ भन्ने आम संसदीय मान्यतालाई आज नेपालको संसद्ले उल्लङ्घन गरेको छ । सभामुखज्यूले प्रतिपक्षलाई बोल्नबाट रोक्नुभएको छ । यो भन्दा अगाडि प्रतिपक्षको कुनै सांसदले बोल्न पाएको थियो । आज त्यो पनि बन्द गरिएको छ ।’ उनले भने, ‘आज संसद् एकलौटी ढङ्गबाट चलाउने, जबरजस्त गर्ने, सभामुख सम्पूर्ण रुपमा सत्ताको इसारामा चल्ने, स्थिति बनेको छ । त्यो ढंगबाट उहाँहरु अगाडि जाने कोशिस भएको छ । संसद्लाई नियन्त्रण गरेर जबरजस्ती अगाडि बढ्ने कार्यदिशा तय भएको आज सभामुखको भूमिकाबाट प्रष्ट हुन्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *