कांग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।
सभामुख देवराज घिमिरेले नाराबाजीका बीचमा नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अब जेठ १५ गते मंगलबार सरकारले संसदमा बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
आइतबारको बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी जारी राखेका थिए । तर नाराबाजीकै बीच नीति तथा कार्यक्रममा छलफल गरी पास गरिएको हो । प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो बोलाइएको छ । त्यसअघि दिउँसो १ बजे संघीय संसदको बैठकमा बजेट प्रस्तुत हुने छ ।