शिखर इन्स्योरेन्समा बाँकी रहेको दाबी भुक्तानी बुझिलिन बीमितलाई आग्रह

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले बिहीबार एक सूचना प्रकाशन गरी २०८० वैशाखदेखि जेठ २० गतेसम्म परेका बीमा दाबी निवेदन तथा दाबीहरू सम्बन्धमा बीमित वा बीमितको प्रतिनिधिबाट दाबी निवेदन प्राप्त भई हालसम्म पनि दाबी फर्छ्यौट नभएको हुँदा बीमितको प्रतिनिधि सम्पर्कमा आई उक्त दाबी रकम बुझिलिन आग्रह गरेको छ ।

उक्त दाबी लिनका लागि सम्बन्धित बीमितका प्रधिनिधिहरूले कम्पनीले सूचना प्रकाशित गरेको ३० दिनभित्र कम्पनीको केन्द्रीय दाबी विभाग, कम्पनीको प्रादेशिक कार्यालय, शाखा र कम्पनीबाट सम्बन्धित दाबीमा खटाइएका सर्भेयरहरूलाई सम्पर्क गरी उक्त दाबी लिन सक्नेछन् । साथै, कम्पनीबाट हालसम्म बीमितका नाममा दाबी फर्छौट पुर्जामा सही छाप गरी दाबी फर्छौट पुर्जा कम्पनीमा प्राप्त नभएमा तथा सम्पर्कमा नआएमा सम्बन्धित व्यक्तिको दाबी फाइल बन्द गरिने पनि कम्पनीले यसै सूचनामार्फत जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *