क्यानडाका अरबपति स्ट्रोङ्कमाथि यौन दुर्व्यवहारको आरोप

काठमाडौँ । क्यानडाका चर्चित व्यापारी फ्रान्क स्ट्रोङ्कलाई यौन उत्पीडनको आरोप लागेको छ । स्ट्रोङ्क विश्वको सबैभन्दा ठूलो अटो पार्ट्स कम्पनीका संस्थापक हुन् ।

प्रहरीले केही शर्तमा स्ट्रङ्कलाई पक्राउ गरेर तत्कालका लागि रिहा गरेको छ । उनी पछिको मितिमा ओन्टारियोको ब्राम्प्टनको अदालतमा उपस्थित हुन भनेको छ। क्यानडाको पील क्षेत्रीय प्रहरीले ९१ बर्षिय स्ट्रोङ्कलाई १९८० र २०२३ को बीचमा महिलाहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ । चर्चित व्यापारीमाथि बलात्कार, यौन दुव्र्यवहार र महिलालाई जबरजस्ती थुनामा राख्नेलगायत पाँचवटा अपराधको आरोप लागेको छ ।

स्ट्रोङ्कमाथि एकभन्दा बढी महिलाले शोषण गरेको आरोप लागेको प्रहरीले बताएको छ । यद्यपी कति महिलाले यस्तो आरोप लगाएका थिए भन्ने जानकारी प्रहरीले दिएको छैन । साथै प्रहरीले स्ट्रोङ्कले अन्य महिलालाई यस्तो व्यबहार गरेको भए अगाडी आउन समेत अपिल गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *