खुशी र दुःख

बेचिदिन्छु खुशी मेरा कस्ले किनिदिन्छ ?
किनिदिन्छु दुःख सबका को बेचिदिन्छ ?
ढुङ्गालाई देउता भनी मान्छे पुजी हिड्छ !
भिजेका ति परेलीलाई कस्ले पुछी दिन्छ ?
बेचिदिन्छु खुशी मेरा कस्ले किनिदिन्छ ?
किनिदिन्छु दुःख सबका को बेचिदिन्छ ?
गुम्सिएका मनका बह कस्ले सुनिदिन्छ ?
आशै आशमा दिन मेरा यसै बितिदिन्छ !

बेचिदिन्छु खुशी मेरा कस्ले किनिदिन्छ ?
किनिदिन्छु दुःख सबका को बेचिदिन्छ ?
दोष देख्ने आँखाबाट रोष कहिले हट्छ ?
सुख खोज्ने जीवनको होस् जहिले खुल्छ !
बेचिदिन्छु खुशी मेरा कस्ले किनिदिन्छ ?
किनिदिन्छु दुःख सबका को बेचिदिन्छ ?

( ई.सं.२०१७ जुन १० । सयुक्त राज्य अमेरीका) ( प्रतिकात्मक विम्व श्रेय ः शटर स्टक । पहुँच तथा अधाभार १० जुन ई.सं. २०२४ गुगल इन्टरनेट नेपाली समय रात्री ८.५४) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *