बजेटमा विभेद भएको भन्दै सच्याउन आज पनि सांसद आचार्यद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं । नेकपा एमालेका सांसद भीम आचार्यले विनियोजित बजेटमा विभेद भएको भन्दै सच्याउन आज पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका आचार्यले पञ्चायती शैलीमा हुन्छ र हुँदैन्को भरमा बजेट पास गर्नुको कुनै अर्थ नभएको बताए । ‘यो बजेट पारित भए हुन्छ के ? नभए के हुन्छ ? । पञ्चायती शैलीमा हुन्छ ।
हुँदैनको शैलीमा विभेदकारी बजेट पारित गर्नुको अर्थ छैन् । कहिँ अर्बौ बजेट अन्याएको छ । कहिँ एक शुका पनि छैन्’ उनले भने ।