गरिमा क्यापिटलको सञ्चालक समितिमा दुई जना नियुक्त
काठमाण्डौं । गरिमा क्यापिटलले हालै सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्यमा दुई जनालाई नियुक्त गरेको छ । कम्पनीको हालै सम्पन्न बैठकले उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
जसमा नैना नेपाल ढकाल र गरिमा विकास बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवाल छन् । कम्पनीले नवनियुक्त सञ्चालकहरु नैना नेपाल ढकाल र संजू प्रसाद जैसवाललाई स्वागत गर्दै बधाई ज्ञापन गरेको छ ।कम्पनीको अध्यक्षमा दिपक पाण्डेय छन् ।