प्रभु बैंकका ग्राहकलाई टी थ्री थकाली र साइनो तन्दुरीको सेवामा छुट

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकै अवस्थित टी थ्री थकाली एण्ड मल्टी क्यूजीङ र साइनो तन्द्री एण्ड सेकुवा कर्णरले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहकाबिच सम्पन्न सम्झौतामा टी थ्री थकाली ग्रुपका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैंकका तर्फबाट बाग्मति प्रदेश प्रमुख अधिकृत बिकास शर्मा गुरागाइले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । दैनिक लाखौको संख्यामा स्वदेशी तथा विदेशी मानिसहरुको आवत जावत हुने स्थान हो विमानस्थल, जहाँ मानिसहरु आफन्तलाई लिन र पुर्याउनका लागि आउने जाने गर्दछन ।

यस्तै कामको चटारोमा मानिसहरु खाना तथा खाजा समेत नखाई कुद्ने गर्दछन यिनै मानिसहरु र स्वादका पारखिका लागि मध्यनजर गर्दे टी थ्री थकाली एण्ड मल्टी क्यूजीङ र साइनो तन्द्री एण्ड सेकुवा कर्णरले एयरपोर्टको मुख्यद्धारको पूर्वपट्टिको लाईनमा २४ घण्टे सेवा सञ्चालनमा ल्याएको छ । सो अनुसार यहाँ आउने जो कोहीले पनि टी थ्री थकाली एण्ड मल्टी क्यूजीङमा एन्थेटीक थकाली खानाको स्वाद लिन सक्नेछन् भने साइनो तन्द्री एण्ड सेकुवा कर्णरल मा नान, तन्दुरी, सेकुवा जस्ता परिकारहरु चौबिसैघण्टा पाईने छ । साथै यथस्ट सशुल्क पार्किङ्ग को पनि व्यवस्था रहेको बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *