बागमतीका मुख्यमन्त्री जमरकट्टेलले राजीनामा नदिने विश्वासको मतकालागि जुट्ने

काठमाडौं । नेकपा एमालेले सत्तामा समीकरण परिवर्तन हुने भएपछि  बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

नेकपा एमालेले सोमबार बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि बागमती प्रदेशमा मुख्यमन्त्री सालिकराम जमरकट्टेलले राजीनामा नदिने तर विश्वासको मतका लागि केन्द्रीय निर्देशन अनुसार अगाडी बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा नदिने बताएपछि बागमती प्रदेशका मुख्यमन्त्री जमरकट्टेले पनि केन्द्रीय निर्देशन अनुसार नै पुनः विश्वासको मत लिने तयारी गरेका हुन् । 

बागमती प्रदेश सरकारमा ११० सांसद छन् । प्रदेश सरकारमा सात दल आबद्ध छन् ।  सबैभन्दा ठुलो दल नेपाली काङ्ग्रेससँग ३७ जना,  एमालेका २७ जना सांसद रहेका छन् ।   मुख्यमन्त्रीलाई विश्वासको मत लिन बहुमतका लागि ५६ जना आवश्यक पर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *