खोला वारि र पारी विकासको हिसाबले १५ बर्षको फरक

उदयपुर । उदयपुर जिल्लाको चौदडिगडी नगरपालिकाको वडा न ५ सिवाई सुन्दरपुर, यो ठाउँ २ नम्बर प्रदेश र सप्तरी जिल्लाको सिमानामा रहेको गाउँ हो । उतरतिर ६ किमि टाढा भर्खरै चल्न थालेको मदनभडारी राजमार्ग र पुर्व तिर ७ किमि दुरीमा महेन्द्र राजमार्गसंग छुने सडक भएको ठाउँ हो ।

लगभग १४ बर्ष लगायर उदघाटन हुन लागेको त्रियुगा खोलामा बनेको पुलको दक्षिण तिरको दुईवटा पिलर र स्ल्याभ खोला भित्र नै भासिएर यो पुल अलपत्र परेको छ । यो पुल बनाउदा धेरै ठेकेदार परिवर्तन गरेको थियो । सुरुमा बनाएको पिलर भासिएकोले अन्तिममा ठेक्का पाएर पुल बनाउने ठेकेदारको अहिले बिजोग भएको छ । यो पुलको जिम्मा न नेताले लिन सक्छन न ठेकेदरले । धेरै पटक यो पुलको लागि केन्द्रमा डेलिकेसन गए स्थानीय जनता । अझ धेरै पटक प्रधानमन्त्रीकोमा पनि यो पुलको फाइल पुगिसकेको छ । तर कुनै प्रकारको निकास या कुनै सुनवाइ आजका मितिसम्म हुनसकेको छैन ।
यो पुलले गर्दा ५ नम्बर वडा मात्र प्रभावित नभई चौदडिगडी नगरपालिकाको ९ र १० नम्बर वडा पनि प्रत्यक्षरुपमा प्रभावित भएका छन । पानी पर्ने समयमा सबै प्रकारको आवतजावतमा रोक लाग्दछ । ठुला अस्पताल, बजार सबै खोला पारिनै भएको कारणले गर्दा गर्मी समयमा तराईको ठुलो समस्या सर्पको टोकाईबाट धेरै मान्छेको मृत्यु समेत हुने घटना पटक पटक दोहोरीरहेको छ ।

स्रोत साधनले भरिएको यो ठाउँमा बिकासको कुरामा धेरै पछी परेको छ । यो ठाउँका ठुलाबडा भनाउदा केही मान्छेहरु सबै ठाउमा हस्तक्षेप गरेर मिलेमतोमा खुलेआम भष्टाचार गरेको अनेकौं घटना छ्न । बन समिति, मन्दिर निर्माणमा, विद्यालाय परिसरको भवन निर्माण लगायत स्थानीय बिधालयको जमिन समेत खुलेआम बिक्री वितरण भएको छ । यस्ता प्रकारका अनियमितता हुँदा पनि सम्बन्धित निकायको ध्यान आजसम्म पनि पुग्नसकेको छैन ।
यो ठाँउमा असल र इमानदार नेतृत्वको कमि भएको प्रत्यक्षरुपमा देखिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *