महिलाको क्षमताका लागि सबै ठाउँमा ५० प्रतिशत सहभागिता गराउनुपर्छ- कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महिलाहरुको क्षमता अभिवृद्धिका लागि सबै क्षेत्रमा ५० प्रतिशत महिलाहरुलाई सहभागिता जनाउनुपर्ने बताएका छन् ।

उनले महिलाहरुको क्षमता ज्ञान सिपलाई अझैँ अभिवृद्धि गर्न महिलाहरुलाई सबै ठाउँमा सहभागिता गराउनुपर्ने बताएका छन् उनले भने ‘महिलालाई क्षमता अभिवृद्धिका लागि सबै क्षेत्रमा ५० प्रतिशत महिलाहरुलाई सहभागिता गराउँनु पर्छ,।‘

काठमाडौंमा पार्टी निकट महिला संघको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महिलाहरूलाई नेतृत्व गर्न अगाडि बढाउन आग्रह गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *