राष्ट्रिय वाणिज्य बैंकको डीईओमा थापा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृत (डीईओ)मा रामकुमार थापा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको गत साउन ३ गतेको निर्णय अनुसार मुख्य प्रबन्धक रामकुमार थापालाई बैंकको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा बढुवा गरिएको छ ।

२०५४ सालमा शाखा अधिकृत (तह ७) को रुपमा तत्कालिन एनआइडिसी डेभलपमेन्ट बैंक (हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको) मा सेवा प्रवेश गरेका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *