सानिमा रिलायन्स लाइफको सञ्चालकमा चन्द
काठमाडौं । सानिमा रिलयान्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा तेजबहादुर चन्द नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको असार ३१ गते बसेको बैठकले रिक्त रहेको सञ्चालक पदमा चन्दलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव प्रिती श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार चन्द संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् । अनुभवी बैंकर चन्द हालै सानिमा बैंकका पूर्व नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदबाट अवकाश पाएका हुन् । एनबीएसम्म शैक्षिक योग्यता हासिल गरेका चन्दसँग स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, एनआईसी एशिया बैंक र सानिमा बैंक लगायतमा साढे ३ दशक काम गरेको बैंकिङ्ग अनुभव छ ।