चालक दलको कमजोरीका कारण एयर डाईनेष्टीको हेलिको प्टर दु*र्घ टना – उड्डयन प्राधिकरण
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले चालक दलको कमजोरीका कारण एयर डाईनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको बताएका छन् ।
आज (बिहीबार) अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले हवाई दुर्घटनाबारे प्रारम्भिक प्रतिक्रिया दिएका हुन् । त्यसको विस्तृत विवरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने उनको भनाई छ ।
सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट (भीएफआर) ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको अधिकारीको दाबी छ । उनले भीएफआरको अनुमतिविपरीत हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको उनको भनाई थियो ।
उनले आफुहरु घटनास्थल पुगेर अवलोकन गरेको भन्दै खराब मौसममा बादलभित्र प्रवेश गरेका कारण फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिएको बताए ।
















