जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी
काठमाडौँ । जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको विभिन्न अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ ।
बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।
















